Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै

१४ सोमबार , जेठ २०८१२ महिना अगाडि

आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै

आज नेपालले पहिलो अफिसियल वार्मअप म्याचअन्तर्गत क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपालले पहिलो अफिसियल वार्मअप म्याचअन्तर्गत क्यानडासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

आगामी १ जुन २०२४ देखि २९ जुन २०२४ सम्म वेस्ट इन्डिज र अमेरिका हुने आइसिसी टी-२० विश्वकप अघि नेपालले क्यानडा र अमेरिकासँग दुई अफिसियल वार्मअप म्याच खेल्न लागेको हो । आजको खेल डालासको ग्रान्ड प्रेरी स्टेडियममा नेपाली समयानुसार राति सवा ९ बजेबाट सुरु हुने बताईएको छ ।

आज क्यानाडासँग प्रतिस्पर्धा गर्न लागेको नेपालले अमेरिकासँग मे ३० मा दोस्रो अफिसियल वार्मअप म्याच खेल्ने खेल तालिका रहेको छ । अमेरिकासँगको वार्मअप म्याच पछि नेपालले विश्वकप खेल्ने तयारी रहेको छ ।

आउदो जुन १ मा हुने विश्वकप तयारीका लागि नेपाली टोली वैशाख अन्तिम साता अमेरिका पुगेको थियो । जहाँ नेपालले विनवार्ड्स भोलक्यानोजविरुद्ध तीन खेलको सिरिज खेलेको थियो । जसमा नेपाल २–१ ले विजयी भएको थियो भने त्यसपछि नेपालले ह्युस्टनमा ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास खेल खेल्दा दुवै अभ्यास खेल जित्न सफल भयो ।

विश्वकप तयारीका लागि अमेरिका पुगेको नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रूपमा छन् भने दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर रहेका छन् ।

त्यस्तै टोलीमा सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन् । करण र सोमपाललाई बलिङ अलराउन्डरको रूपमा पनि टोलीले लिएको छ भने स्पिनरका रूपमा सागर ढकाल र ललित राजवंशी रहेका छन् ।