Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

सुक्खा पहिरोका कारण सडक अवरुद्ध

१४ सोमबार , जेठ २०८१२ महिना अगाडि

सुक्खा पहिरोका कारण सडक अवरुद्ध

गोरखाको धार्चे गाउँपालिका–३ उहियाँस्थित यारु नजिकै पहाडबाट सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको छ । पहिरोका कारण उत्तरी गोरखा जोड्ने बेनिघाट–आरुघाट-आरखेत–लार्के सडकखण्ड अवरुद्ध भएको हो ।

बेनिघाट–आरुघाट-आरखेत–लार्के सडकखण्डमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिएका छन् । उनले पहिरो सडकमा खसेपछि उत्तरी गोरखा जाने एक मात्र सडकखण्ड पूर्णरुपमा बन्द भएको बताउदै पहिरोमा ठूलो ढुङ्गा चोइटिएर बूढीगण्डकी नदी किनारसम्म पुगेको र त्यसलाई हटाउन सकिने अवस्था नरहेको बताएका छन् ।

पहिरो खसेको क्षेत्रमा कुनै बस्ती नभएकाले मानवीय क्षति भने नभएको बताईएको छ । चट्टानसहितको ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न कठिनाइ हुने र त्यसलाई पन्छाउन दुई तीन दिनभन्दा बढी समय लाग्न सक्ने पनि अध्यक्ष गुरुङको भनाई रहेको छ ।

यता जिल्ला प्रहरी प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार पहिरो खसेको भन्ने जानकारी आए पनि क्षतिको यकिन विवरण नआएको बताईएको छ । प्रहरीको टोली घटनास्थलतर्फ पठाइसकेको र थप विवरण आउने क्रममा रहेको छ ।

यसअघि बेनिघाट–आरुघाट–आरखेत–लार्के सडकखण्डअन्तर्गत पर्ने उक्त क्षेत्रमा कडा चट्टानका कारण नेपाली सेनाले पहाड ब्लास्टिङ गरेर सडक निर्माण गरेको थियो ।