Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

अत्यधिक गर्मि बढेपछि विद्यालय बन्द

१४ सोमबार , जेठ २०८१२ महिना अगाडि

अत्यधिक गर्मि बढेपछि विद्यालय बन्द

मुलुकभरको मौसममा परिवर्तन आएर गर्मि बढ्न थालेसंगै विद्यालयहरु बन्द गर्न थालिएको छ । सोहि क्रममा अत्यधिक गर्मी बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयहरुलाई गर्मी बिदा दिएको छ ।

अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको बताईएको छ ।

नगरपालिकाले जेठ १४ गतेदेखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले जानकारी दिएका छन् । यही जेठ १३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार पालिका भित्रका सबै बिद्यालयमा चार दिन बिदा दिइएको हो । उक्त चार दिन बिदा मध्य १५ गते गणतन्त्र दिवस र १९ गते शनिबार परेको छ ।

अत्याधिक गर्मि बढेसंगै चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको बताईएको छ भने अत्यधिक गर्मीका कारण त्यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ । त्यस्तै अध्याधिक गर्मी बढेपछि नगरपालिकाले आइपिभी खोप अभियानसमेत स्थगित गरेको बताईएको छ ।