Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

सहकारी ठगीविरुद्ध कांग्रेसको विरोध प्रदर्शन

१३ आइतबार , जेठ २०८१२ महिना अगाडि

सहकारी ठगीविरुद्ध कांग्रेसको विरोध प्रदर्शन

नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । कांग्रेसले दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभा सहितको विरोध प्रदर्शन गर्न लागेको हो ।

यसअघि कांग्रेसको बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले आजको विरोध प्रदर्शनका लागि क्षेत्रगत तयारी सहित उपत्यकाका १५ क्षेत्रमा १५ जना नेतालाई प्रतिनिधि खटाएको छ । जसअनुसार काठमाडौंका १० क्षेत्रअनुसार क्रमशः उमेशजंग रायमाझी, सीता थपलिया, रंगमति शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, अब्दुल सतार, डा.डिला संग्रौला र प्रकाश स्नेहीलाई तोकिएको बताईएको छ ।

त्यसैगरी ललितपुरका ३ क्षेत्रका लागि क्रमशः दिलमान पाख्रिन, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन् । भक्तपुर २ क्षेत्रका लागि हरिशरण नेपाली र गणेश लामा प्रतिनिधि बनेका छन् । साथै, काठमाडौंको पछि कांग्रेसले प्रदेशस्तरमा पनि विरोध प्रदर्शन गर्ने तयारी गरेको बताईएको छ ।