Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा

१३ आइतबार , जेठ २०८१२ महिना अगाडि

किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा

उत्तरी छिमेकी राष्ट्र चीनसँग सिमा जोडिएको १४ वटा नाका पुनः सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण २०७६ माघ ५ गतेदेखि बन्द गरिएको विभिन्न नाका २०८१ जेठ १२ गतेदेखि संचालनमा आएको हो ।  

सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग सिमा जोडिएका १४ वटा नाका पुनः सञ्चालनका लागि  उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आयोजित एक समारोहबीच नेपाल-चीन सीमामा रहेका १४ वटै नाका पुनः सञ्चालनमा आएको संयुक्त रूपमा घोषण गरेका थिए ।

उक्त नाका सञ्चालनको घोषणा कार्यक्रममा चीनको छेन्ताङ पुगेर फर्किने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत नाका सञ्चालनमा आएको औपचारिक रूपमा घोषणा गरिएको बताएका थिए । उनले ७ नाका सञ्चालनमा आएको र बाँकि सात नाका पनि चाँडै खुला हुने बताए ।

नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि किमाथाङ्कासहित १४ वटा व्यापारिक नाका खुलाउन सफल भएको उनको भनाई रहेको थियो । गत वर्ष चैतमा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएअनुसार नै नाका पुनः सञ्चालन गरिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

उक्त नाका खुलाउने उद्घाटन कार्यक्रमका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल चीनको छेन्ताङ पुगेका थिए ।

विक्रम सम्बत २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको किमाथाङ्का नाका सशस्त्र द्वन्द्वपछि भोटखोलाको हटियास्थित सीमा भन्सार कार्यालय २०५७ सालमा सदरमुकाम खाँदबारी सारिएको थियो । त्यहाँका भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र वितरण गरिएको र किमाथाङ्का नाका सदरमुकामदेखि १ सय ६२ किलोमिटर टाढा रहेको छ ।