Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

देशभर ‘आइपिभी’ खोप लगाईदै

१३ आइतबार , जेठ २०८१२ महिना अगाडि

देशभर ‘आइपिभी’ खोप लगाईदै

आज देशभर पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान संचालन गरिएको छ । उक्त अभियान अन्तर्गत आज देशभरका १४ लाख ६२ हजार ७ सय १२ बालबालिकालाई पोलियोविरुद्धको  ‘आइपिभी’ खोप लगाईदै छ ।

केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले देशभरका सबै जिल्लामा खोप अभियान संचालन गरिएको र नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा समेत ‘आइपिभी’ को व्यवस्था गरिएको बताएका छन् । उनले आज देखि जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेत समेटिने बताएका छन् ।

नेपालमा विसं २०७१ देखि खोप लगाउन सुरु गरिएको भएपनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएको र अहिले उक्त समयमा खोप लगाउन छुटेका बालबालिकालाई समेटने गरि अभियान सञ्चालन गरिएको गौतमले जानकारी दिएका छन् ।

नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मेदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको र त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको बताईएको छ ।