Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मौसम बदलिसंगै गर्मि बढ्यो,सतर्क रहन आग्रह

१३ आइतबार , जेठ २०८१५ महिना अगाडि

मौसम बदलिसंगै गर्मि बढ्यो,सतर्क रहन आग्रह

केहि दिनदेखि मौसम बदलि भएर पानी पर्न शुरु भएपनि काठमाडौँ लगायत तराईका जिल्लामा गर्मि बढेको छ । विगत केही दिनदेखि पश्चिम तराइका धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको बताईएको छ । गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा लुम्बिनी प्रदेशका तराई भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

मौसम विभागका अनुसार आज दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने तर,कोशी,गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत पहाडी भागका केही स्थानमा तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको बताईएको छ ।

आज राति कोशी, मधेस, वागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी,मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षा हुने बताईएको छ । त्यसैगरी कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागको भनाई छ ।

विभागले देशका पहाडी भागका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षा हुने तथा उच्च पहाडी एवं हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यसैगरी विगत केही दिनदेखि पश्चिम तराइका धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम बढेकाले ती भेगका बासिन्दालाई गर्मीबाट बच्न सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।