Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सहकारी पीडितले तेस्रो चरणको आन्दोलन शुर गरे

११ शुक्रबार , जेठ २०८१५ महिना अगाडि

सहकारी पीडितले तेस्रो चरणको आन्दोलन शुर गरे

लामो समयको आन्दोलन पछी सरकारसँग सम्झौता गरेर आन्दोलन स्थगित गरेको सहकारी पीडितले तेस्रो चरणको आन्दोलन गर्ने भएका छन् । यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितरूले आजदेखि तेस्रो चरणको आन्दोलन गर्ने भएका हुन् ।  

देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज माइतीघरमा सभा गर्दै बानेश्वरसम्म र्‍याली गर्ने बताईएको छ । आजको माइतिघरको सभामा झन्डै ७ हजार पीडितहरु सहभागी हुने महासंघका अध्यक्ष कुसलभ केसीले जानकारी दिएका छन् ।

महासंघका अनुसार सहकारी पीडितहरुले काठमाडौँ, चितवन, धरान, पोखरा र बारालगायतका स्थानमा पनि आन्दोलन गर्ने बताएको छ । उनीहरुले विगतमा तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरे पनि अहिलेसम्म ती सम्झौता पालना नभएकोले तेस्रो पटक आन्दोलनमा उत्रिएको बताएका छन् ।

तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री परिवर्तन भएर अहिले बनेका भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पनि आफूहरूको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए पनि उत्तरदायी नबनेका  कारण संघर्षका कार्यक्रम गर्न बाध्य भएको महासंघका अध्यक्ष केसीले जनाएका छन् ।