Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कोरोनाका कारण रोकिएको थाई एयरवेजको उडान शुरु

११ शुक्रबार , जेठ २०८१५ महिना अगाडि

कोरोनाका कारण रोकिएको थाई एयरवेजको उडान शुरु

कोरोना महामारीका कारण रोकिएको थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः उडान शुरु गरेको छ । सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौँसम्मको उडान गर्दै आएको एयरवेजले कोरोना महामारी पछी नेपालमा पुनः उडान शुरु गरेको हो ।

थाइल्याण्डको ध्वजाबाहक एयरलाइन्स् कम्पनी थाई एयरवेजले नेपालमा कोरोना महामारीका कारण उडान स्थगित गरेको थियो । कोभिड-१९ महामारीका कारण मार्च २०२२ मा नेपालमा उडान रोकिएको थियो । त्यसपछी थाई एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टका रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो ।

हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । नेपालमा पुन उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाइ एयरवेजले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको हो ।

थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन बिट किचाथोर्नले काठमाडौँ र बैंकक बीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु सौभाग्यको कुरा भएको भन्दै यो सेवाले नेपाललाई थाइल्याण्डलगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने विश्वास व्यक्त गरेका छन् ।नेपालमा थाई एयरवेजको यात्रा सांस्कृतिक र आर्थिक आदानप्रदानलाई प्रवद्र्धन गर्ने एउटा माध्यम बनेको उनको भनाइ छ ।

हाल थाई एयरवेजले ६० भन्दाबढी गन्तव्यमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रीमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । अहिले थाई एयरवेजसँग ७३ वटा विमान रहेको बताईएको छ । त्यस्तै थाइ एयरवेजले थप नेपाली यात्रुहरूलाई थाई आतिथ्यताको न्यानोपनसहित स्वागत गर्न तत्पर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।