Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

खेलकुद प्रतिष्ठानले पायो करातेको उपाधि

११ शुक्रबार , जेठ २०८१५ महिना अगाडि

खेलकुद प्रतिष्ठानले पायो करातेको उपाधि

नेपाल खेलकुद प्रतिष्ठानले खोटाङको दिक्तेलमा सम्पन्न राष्ट्रिय कराते प्रतियोगिताको उपाधि  हात पारेको छ । दिक्तेलमा सम्पन्न ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गतको प्रतियोगितामा खेलकुद प्रतिष्ठानले आठ स्वर्ण,चार रजत र दुई कास्य पदकसहित १ लाख ११ हजार १ सय ११ रुपयाँ राशिको उपाधि हात पारेको हो ।

देशै भरिका ७ वटै प्रदेशका कराते खेलाडी सहभागी प्रतियोगितामा तीन स्वर्ण, दुई रजत र सात कास्य पदकसहित बागमती प्रदेश द्वितीय, दुई स्वर्ण, एक रजत र चार कास्य पदकसहित गण्डकी प्रदेश तृतीय तथा एक स्वर्ण, सात रजत र चार कास्य पदकसहित कोशी प्रदेश चौथो भएको थियो ।

उक्त प्रतियोगिताका  प्रथम, द्वितीय, तृतीय र चौथोले क्रमशः १ लाख ११ हजार १ सय ११, रु ५५ हजार ५ सय ५५, रु ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा महिलातर्फ प्रथम सुदूरपश्चिम प्रदेशकी गरिमा मल्ल तथा पुरुषतर्फ प्रथम आयोजक टोलीका रुरीहाङ दुमी राई घोषित भएर जनही २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गरेका थिए ।

तीन दिनसम्म चलेको प्रतियोगितामा उत्कृष्ट व्यवस्थापनमा मधेश प्रदेश घोषित हुँदै  ११ हजार १ सय ११ नगद प्राप्त गर्न सफल बहेको थियो । खोटाङको दिक्तेल बजारमा आयोजित बृहत् महोत्सवमा पर्याप्त आर्थिक गतिविधि भएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिएका छन् ।