Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गणतन्त्रमा बद्मासी गर्नेलाई छुट हुँदैन : मन्त्री शर्मा

११ शुक्रबार , जेठ २०८१५ महिना अगाडि

गणतन्त्रमा बद्मासी गर्नेलाई छुट हुँदैन : मन्त्री शर्मा

नेपाल सरकारकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा बद्मासी गर्नेलाई छुट नहुने बताएकी छन् । मन्त्री शर्माले बिहिवार राससले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्वीर प्रदर्शनीमा बाल्दै उक्त कुरा बताएकी हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको डेढ वर्षको अवधिमा गणतन्त्रिक व्यवस्थामा बद्मासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित गरेको बताउँदै गणतन्त्रमा बद्मासी गर्ने कसैले छुट नपाउने स्पष्ट गरेकी हुन् ।

मन्त्री शर्माले शुरूमा वर्तमान व्यवस्था नै खराब हो र गणतन्त्रबाट केही भएको छैन भन्ने भाष्य स्थापित हुन खोजेको अवस्था रहेको भन्दै अहिले त्यस्तो अवस्था नरहेको र बिस्तारै मुलुक समृद्धिकाे बाटाेतर्फ अगाडि बढेके बताइन् ।

अहिले जतिसुकै ठूलो पदीय हैसियतमा भएपनि गल्ती गर्नेलाई छुट हुँदैन भन्ने स्थापित भएको बताउँदै उनले सरकारको गतिविधिबाट गणतन्त्र र संविधानभन्दा माथि कोही छैन भन्ने कुरा पुष्टि भएको बताइन् । त्यस्तै गणतन्त्रपछि सञ्चार क्षेत्रमा गुणात्मक उपलब्धी हासिल भएको उनकाे भनाइ रहेकाे थियाे । तीन तहको सरकार बनेपछि स्थानीय तहमा विकास हुन थालेको पनि उनकाे भनाइ रहेकाे थियाे ।