Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पैदल यात्रा हिँडेको २३ जना २५ दिनमा काठमाडौँ आइपुगे

१० बिहिबार , जेठ २०८१५ महिना अगाडि

पैदल यात्रा हिँडेको २३ जना २५ दिनमा काठमाडौँ आइपुगे

चुरेक्षेत्र संरक्षणको १२ बुँदे माग बोकेर पैदलयात्र शुरु गरेका टोली २५ दिनमा काठमाडौँ आइपुगेका छन् । सप्तरीदेखि पैदल यात्रा हिँडेको २३ जनाको टोली २५ औँ दिनमा आज काठमाडौँ आइपुगेका हुन् ।

चुरेक्षेत्र संरक्षणको माग सहित पैदल यात्रा शुरु गरेका उनीहरू वैशाख १७ गतेदेखि निरन्तर पैदल यात्रामा थिए । चुरे अतिक्रमण र दोहन हुँदा खानेपानीका स्रोत सुक्दै गएको र आफूहरू खानेपानी अभावले काकाकुल अवस्थामा पुगेको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादव जानकारी दिएका छन् ।

पैदल यात्रामा सहभागीहरूले प्लास्टिक र टिनको भाँडोमा ‘पानीका लागि रुख बचाऊँ, पानी दे सरकार, चुरे र वनको संरक्षण गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका छन् । उनीहरु २५ दिनदेखि निरन्तर पैदल यात्रा गरि १२ बुँदे माग सहित काठमाडौँ आईपुगेको बताईएको छ ।