Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

डाक्टर लाइसेन्स परीक्षामा ५४.६२ प्रतिशत उत्तीर्ण

१० बिहिबार , जेठ २०८१५ महिना अगाडि

डाक्टर लाइसेन्स परीक्षामा ५४.६२ प्रतिशत उत्तीर्ण

नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता डाक्टर लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ । काउन्सिलले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी परीक्षार्थी मध्ये ५४.६२ प्रतिशत उत्तीर्ण भएका छन् ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार परीक्षामा ५४.६२ प्रतिशत उत्तीर्ण भएको बताईएको छ । उनका अनुसार परीक्षामा एमबीबीएसतर्फ १ हजार ३ सय ७१ जनाले फर्म भरेकोमा १ हजार ३ सय ५६ जना सहभागी भएको र जसमध्ये ७ सय ५१ जना (५५.३८ प्रतिशत) परीक्षार्थी अनुत्तीर्ण भएको बताए । उक्त परिक्षामा एमबीबीएसतर्फ १५ जना अनुपस्थित भएको र दुई जनाको परिक्षा स्थगित गरिएको बताईएको छ ।

त्यसैगरी बीडीएसतर्फको परीक्षामा २ सय ९९ जना सहभागी भएका मध्ये १ सय ५३ जना (५१.१७ प्रतिशत) उत्तीर्ण भएका छन् । काउन्सिलले बीडीएसमा २ जना अनुपस्थित रहेको जनाएको छ । उक्त परीक्षा जेठ ७ गते सोमबारदेखि जेठ ९ गते बुधबारसम्म ३ दिन चलेको थियो ।