Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पर्सा सिमानाका जेठ १२ गतेसम्म बन्द

१० बिहिबार , जेठ २०८१५ महिना अगाडि

पर्सा सिमानाका जेठ १२ गतेसम्म बन्द

छिमेकी राष्ट्र भारतसँग सिमा जोडिएका पर्साको सिमानाका बन्द गरिएको छ । भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सिमानाका बन्द गरिएको हो ।

वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका जेठ १० गते बिहान ६ बजेदेखि बन्द भएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताएका छन् । उनले उक्त जिल्लाको नेपाल–भारत सीमानाका जेठ १२ गते साँझा ६ बजेसम्म बन्द हुने बताए ।

दुई देशमध्ये कुनै पनि देशमा निर्वाचन हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको बताईएको छ । नेपालको पर्सा जिल्लाको १ सय ७ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ भने नेपालको पूर्व, पश्चिम र दक्षिण तीन तिर भारत र उत्तरी भू-भाग चीनले घेरिएको छ ।