Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज बुद्धजयन्ती र उभौली पर्व,मुलुकभर सार्वजनिक बिदा

१० बिहिबार , जेठ २०८१५ महिना अगाडि

आज बुद्धजयन्ती र उभौली पर्व,मुलुकभर सार्वजनिक बिदा

आज २५६८ औँ बुद्धजयन्ती विविध कार्यक्रम गरि मनाइँदै छ । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित भगवान गौतम बुद्धको २५६८ औँ बुद्धजयन्ती र  उभौली पर्व मनाउन सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ ।

देशभर शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मजयन्ती पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण गर्दै बुद्धजयन्ती मनाउने गरिएको हो ।

भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गरेको पाईन्छ । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरुले पूजा, आराधना गर्दछन् ।

त्यसैगरी सरकारले आज बेलुकी सबैलाई घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन आह्वान समेत गरेको छ । २५६८ औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाईदै छ ।

आजभन्दा २५६८ वर्षअघि (इसापूर्व ५६३) मा रूपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन भगवान बुद्धको जन्म भएको थियो ।