Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जलवायु परिवर्तन सम्बन्धि विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद शुरु

०९ बुधबार , जेठ २०८१५ महिना अगाडि

जलवायु परिवर्तन सम्बन्धि विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद शुरु

काठमाडौँमा जलवायु परिवर्तन सम्बन्धि विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद शुरु भएको छ । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन वन तथा वातावरण मन्त्रालयले चन्द्रागिरिमा दुईदिने संवाद आयोजना गरेको हो ।

आज काठमाडौँको चन्द्रागिरिमा ‘हिमाल, मानव र जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’को उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवं प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् ।

उक्त विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवादमा २५ देशका २०० बढी विशेषज्ञ सहभागी रहेका छन् । संवादको उद्देश्य संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा) को ६० औँ सत्रमा आयोजना हुने हिमाल र जलवायु परिवर्तनसम्बन्धी विशेषज्ञको संवादमा पर्वतीय समस्या समाधान गर्न ठोस मार्गचित्र तयार गर्नु रहेको बताईएको छ ।

जलवायु परिवर्तनसम्बन्धी नेपाल पेरिस सम्झौताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्षअघि सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्ने लक्ष्य राखेका जानकारी दिएका छन् ।

त्यस्तै यस संवादले पर्वतीय देशहरूका सरकारहरू र सरोकारवालाहरू र तिनीहरूका सहयोगीहरूलाई पर्वतीय–जलवायु चिन्ता र समाधानहरूलाई राम्रोसँग बुझ्न, विशेषज्ञता र अनुभवहरू साझेदारी गर्न र तालमेल सक्षम बनाउने प्रधानमन्त्रीको विश्वास रहेको छ ।  

यो मार्गचित्रलाई आगामी जुनमा जर्मनीको बोनमा हुने साब्टाको ६० औँ सत्रमा जोड्ने र त्यसपछि आगामी कोप-२९ का एजेण्डामा प्रवेश गराई संस्थागत गराउने योजना रहेको वन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्वर ढकालले बताए ।