Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लुम्बिनीमा बुद्धजयन्ती तीन दिनसम्म मनाइदै

०९ बुधबार , जेठ २०८१५ महिना अगाडि

लुम्बिनीमा बुद्धजयन्ती तीन दिनसम्म मनाइदै

जेठ १० गते २५६८ औँ बुद्धजयन्ती विविध कार्यक्रमको आयोजना गरि मनाईदै छ । बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले ३ दिनसम्म विविध कार्यक्रम सहित बुद्धजयन्ती एवं लुम्बिनी दिवस मनाउन लागेको हो ।

कोषले लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै जेठ ९ गतेदेखि ११ गतेसम्म लगातार कार्यक्रम गरी बुद्धजयन्ती मनाउने तयारि गरेको बताएको हो । बुद्धजयन्तीको जेठ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, प्रदेशका मुख्यमन्त्री लगायतको आतिथ्यतामा मूल समारोह गरिने पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।

त्यस्तै जेठ ९ गते साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम र मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ गर्ने र जेठ १० गते बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरुको सहभागितामा प्रार्थना सभा, बिहान साँढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा गर्ने तयारी रहेको छ ।

लुम्बिनीमा जेठ १० गते बिहान नेपाल, भारत र श्रीलंकासम्म पुग्ने गरी त्रिदेशीय मोटरसाईकल यात्रा समेत शुभारम्भ गरिने बताईएको छ । यो वर्ष संघीय सरकारबाट बुद्ध जयन्तीका लागि बजेटको सुनिश्चितता नहुँदा निकै कठिनाइ भोगेको बताउँदै बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय रूपमा सन्देश दिने गरी मनाउनुपर्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताएका छन् ।