Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जोमसोम–कागबेनी सडक कालोपत्रे हुँदै

०९ बुधबार , जेठ २०८१५ महिना अगाडि

जोमसोम–कागबेनी सडक कालोपत्रे हुँदै

जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्रे गर्न थालिएको छ । मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी जोड्ने १३ किलोमिटर लामो जोमसोम–कागबेनी सडक कालोपत्रे गर्न थालिएको हो ।

जोमसोम–कागबेनी सडकलाई ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्रे गर्न थालिएको बताईएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डको कालोपत्रे गर्न रौताह–आत्रेय जेभीले २८ करोड १४ लाख रुपैयाँमा ४ असोज ०७८ मा ठेक्का सम्झौता गरेको थियो ।

उक्त रौताह–आत्रेय जेभीले १८ महिनाको ठेक्का सम्झौता गरेकोमा समयमै काम सम्पन्न नगरेपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाले धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएको थियो । चेतावनी पश्चात २ वर्षपछि कम्पनीले गत भदौदेखि काम शुरु गरेको थियो ।

यसअघिनै ग्राभेल भइसकेको जोमसोम–कागबेनी सडकको ग्रेड मिलाउने,विस्तार गर्ने, मेसिनरी, ग्याबिन पर्खाल, माटो कटिङ,फिलिङ,नाली निर्माणका लागि ठेक्का लगाइएको आयोजना प्रमुख ध्रुवकुमार झाले जानकारी दिएका छन् ।

उनकाअनुसार जोमसोमदेखि चीनको कोरला नाका जोड्ने १ सय १० किलोमिटर सडकमध्ये ७५ किलोमिटरमा ग्राभेल भएको र अरु सडक खण्डको स्तरोन्नति सकिएपछि जोमसोम–कोरला नाका जोड्ने सबै खण्ड ग्राभेल गरिने योजना रहेको बताईएको छ ।