Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ

०८ मंगलबार , जेठ २०८१२ बर्ष अगाडि

कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रहरी प्रमुख सानुराम भट्टराईका अनुसार सिरोहियालाई कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको हाे ।

एसएसपी सानुराम भट्टराईसहितको टोली सिरोहियालाई पक्राउ गर्न कान्तिपुर दैनिकको कार्यालयमै पुगेको थियो । नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले अनुमति दिएको थियो ।

जिल्ला अदालतको अनुमतिपछि सिरोहियालाई तत्काल पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका थिए । यसअघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको बताएका थिए ।