Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको निधन

०७ सोमबार , जेठ २०८१५ महिना अगाडि

हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको निधन

आईतबार भएको हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रैसीको निधन भएको छ । खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको र पूर्ण रूपमा जलेको बताईएको छ ।

आइतबार पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको र दुर्घटनामा इरानका राष्ट्रपति र विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहियनसहित हेलिकोप्टरमा सवार सबैको ज्यान गएको तेहरान टाइम्सले जनाएको छ ।

उक्त हेलिकोप्टरमा इरानका राष्ट्रपति सहित ९ जना सवार थिए । मौसम प्रतिकुल बनेपछि उनीहरु सवार हेलिकोप्टर ल्यान्डिङ हुन सकेको थिएन । फोर्स ल्यान्डिङका क्रममा हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको जनाइएको छ ।

दुर्घटनामा परेको हेलिकोप्टर पूर्ण रूपमा जलेको छ भने खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको अधिकारीहरुले जनाएका छन् । ६३ वर्षीय राष्ट्रपति रैसी अजरबैजानको सीमानाको भ्रमणपछि यात्रा गरिरहेका बेला हेलिकप्टर दुर्घटना भएको थियो ।