Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पर्साको सीमानाका तीन दिन बन्द

०७ सोमबार , जेठ २०८१५ महिना अगाडि

पर्साको सीमानाका तीन दिन बन्द

भारतसँग सिमा जोडिएको पर्सा सिमानाका तीन दिन बन्द हुने भएको छ । छिमेकी राष्ट्र भारतमा हुन् लागेको लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साको सीमानाका तीन दिन बन्द हुने भएको हो ।

भारतसँग सिमा जोडिएको उक्त सीमानाका यही जेठ १० देखि १२ गते बेलुका ६ बजेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई लक्षित गरि सीमानाका बन्द गर्न लागिएको बताएका छन् ।

छिमेकी राष्ट्रमा निर्वाचन हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार सीमानाका बन्द गर्ने सहमति भएको छ । भारतको उक्त निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न शुक्रबार बसेको बिडिसिसी बैठकको निर्णयअनुसार निर्वाचन हुनु पूर्व ४८ घण्टाअघिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको बताईएको छ ।

दुवै मुलुकको बिडिसिसी बैठकको निर्णय र समाहरणालय, पश्चिम चम्पारण, बेतिया (विहार)को पत्राङ्कको पत्रबाट समेत अनुरोध आएपछि सिमानाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । त्यस्तै नेपालमा निर्वाचन हुँदा पनि भारतको सीमानाका बन्द गर्ने परम्परा रहँदै आएको छ ।