Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मौसम प्रणाली सक्रिय मेघगर्जन सहित वर्षा शुरु

०७ सोमबार , जेठ २०८१५ महिना अगाडि

मौसम प्रणाली सक्रिय मेघगर्जन सहित वर्षा शुरु

अहिले मुलुकभर स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम प्रणाली सक्रिए भएको छ । मौसम प्रणाली सक्रिए हुँदा देशका बिभिन्न भू-भागमा मौसम बदलिसंगै एक-दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  

महाशाखाका अनुसार आज कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने बताएको छ । साथै,देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी देशको पहाडी भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेस र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षको सम्भावना रहेको छ ।

भोलि मंगलबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताईएको छ । त्यसैगरी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।