Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

मनमोहनको दुरुपयोगमा मन्त्रीकै बिरोध

१८ सोमबार , माघ २०७२११ बर्ष अगाडि

मनमोहन मेडिकल कलेजले सम्बन्धन नपाएपछि मनमोहन मेमोरियल बचत तथा ऋण सहकारी संस्थालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको मान्यता दिलाएर मेडिकल कलेज चलाउने एमालेका सभासद राजेन्द्र पाण्डे, बंशीधर मिश्रहरुको चलाखीलाई एमालेकै पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले बिरोध मात्र गरेनन्, उनले सहकारीमा रहेको शेयरसमेत फिर्ता लिएका छन्। उपाध्यक्ष पद त्यागेका छन्। मन्त्री पोखरेलको आरोप छ– नेताका नाममा व्यापार गर्न खोजियो, सत्ताको दुरुपयोग गर्न खोजिदैछ। कतिपय विषयमा प्रतिष्ठान नेतृत्वलाई मनाउन नसकिएको र आफूले पनि मान्न नसकिएको, नेताको नाममा सहकारी वा निजी मुनाफामुलक व्यवसाय सञ्चालन गर्न उचित नभएको, आर्थिक, सामाजिक प्रशासनिक सुधार गर्न नसकिएको आदि उल्लेख छ।
यो घटनालाई माधव नेपाल र उनका गुटका राजेन्द्र पाण्डे एण्ड कम्पनीको तेजाबध गर्न एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको बज्रप्रहार नै हो भन्ने अर्थका साथ राजनीतिक तरङ्ग उत्पन्न भएको छ। स्मरणी छ, यसअघि राजेन्द्र पाण्डेले १० जना नामचलेका डाक्टरहरुको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएर फेरि चलखेल सुरु भयो भनेर सावधान गराएका थिए। (हेर्नोस् ज्ञापनपत्र पृष्ठ ३ मा) थप स्मरणीय के पनि छ भने स्वास्थ्यनीति निर्माण गरेरमात्र मेडिकल कलेजहरुलाई सम्बन्धन दिनुपर्छ भन्ने डा.गोविन्द केसीको पक्षमा देशभित्र र सामाजिक सञ्चालमार्फत व्यापक जनलहर चलेको छ। मनमोहन मेडिकल कलेजलाई प्रतिष्ठानको स्वरुपमा बदल्ने र सम्बन्धन दिलाएर मेडिकल कलेज चलाउन दिने विधेयक चोरबाटोबाट एमालेकै बहुमत रहेको समितिमा छ र बिधेयकलाई संसदमा पेश गर्ने तैयारी पनि चलिरहेको छ। चर्को बिरोध खेप्न र खप्न सकिएला र भनेर प्रम ओली माखेसांग्लोमा परेका छन्। हुनसक्छ, यो बिधेयक पारित भयो भने यसैका कारण झन छिटो ओली सरकार ढल्न पनि सक्छ। मनमोहन अधिकारी एमालेका मात्र होइनन्, राष्ट्रकै सम्मानित व्यक्तित्व थिए। उनको नाम व्यवसायमा बदनाम गर्न खोजेकोमा मन्त्री पोखरेल र अरु पनि आक्रोसित देखिन्छन्।