Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पौडी खेल्न क्रममा डुबेर २ जनाको मृत्यु

०६ आइतबार , जेठ २०८१५ महिना अगाडि

पौडी खेल्न क्रममा डुबेर २ जनाको मृत्यु

सल्यानमा नदीमा पौडी खेल्न क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । शनिबार सल्यानको कालिमाटी गाउँपालिका ७ सल्यान थरीस्थित बबई नदीमा पौडी खेल्न क्रममा डुबेर २ जनाको मृत्यु भएको हो ।

बबई नदीमा डुबेर मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–७ सल्यानथरीका ३७ वर्षीय दिलबहादुर कार्की र सोहि गाउँका प्रकाश परियारको छोरा अन्दाजी ५ वर्षीय सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिएका छन् ।

उनिहरु दिउँसो ४ बजे घरबाट नुहाउन गएको र अबेरसम्म घर नफर्केपछि स्थानियहरुले प्रहरी चौकी घुईयावारी सल्यानमा खबर गरेका थिए । प्रहरीले खबर पाए लगतै घटनास्थलमा प्रहरी र स्थानियहरुले खोजतलास गर्दा दुवै जनाको शव राति साढे ११ बजे फेला पारेका र उनीहरुको शव भेरी अस्पताल नेपालगञ्जको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।