Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महानगरपालिकाद्धारा धोबीखोला सरसफाइ

०६ आइतबार , जेठ २०८१५ महिना अगाडि

महानगरपालिकाद्धारा धोबीखोला सरसफाइ

काठमाडौं महानगरपालिकाको खोला क्षेत्र सफा राख्ने उद्देश्य अन्तर्गत बिजुलीबजार पुल क्षेत्रको धोबीखोला सरसफाइ गरेको छ । वर्षा याममा पानीको बहाव नथुनियोस् र खोला क्षेत्र पनि सफा देखियोस् भन्ने उद्देश्यले सरसफाइ थालेको हो ।

सरसफाइ अन्तर्गत पहिलो चरणमा खोलाबाट प्लास्टिकजन्य नकुहिने फोहोर र दुवै किनारबाट झारपातहरु हटाउने काम भइरहेको बताईएको छ । त्यसैगरी दोस्रो चरणमा सम्बन्धित वडाहरुले खोलाबाट माटो निकाल्ने तयारी रहेको छ ।

वर्षा यामसंगै बाढी आउँदा खोला किनारका वस्ती डुब्ने भएकाले माटो पनि निकाल्ने तयारी भइरहेको १० नम्बर वडाका अध्यक्ष रामकुमार केसीले जानकारी दिएका छन् । उनकाअनुसार काठमाडौं महानगरपालिकाले झारपात हटाइसकेपछि माटो निकाल्ने काम केही दिनभित्रै शुरु हुनेछ ।