Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

महानगरले गौशाला चोकको घरमा डोजर चलायो

०६ आइतबार , जेठ २०८१२ बर्ष अगाडि

महानगरले गौशाला चोकको घरमा डोजर चलायो

काठमाडौं महानगरपालिकाले गौशाला चोकको सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाएको छ । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।

अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको र महानगरपालिकाले डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान नै चलाउदै आएका छन् ।