Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आगलागीबाट घाईते भएका गिरीको मृत्यु

०६ आइतबार , जेठ २०८१५ महिना अगाडि

आगलागीबाट घाईते भएका गिरीको मृत्यु

ललितपुर महानगरपालिका-१७ बाफलमा टिनले छाएको टहरामा आगलागी हुँदा घाईते भएका सञ्जय गिरीको मृत्यु भएको छ । टिनले छाएको टहरामा आगलागी हुँदा गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा मृत्यु भएको हो ।

ललितपुरको बाफलमा वैशाख २३ गते टिनले छाएको टहरामा आगलागी हुँदा उनका परिवारका पाँच जना घाइते भएका थिए । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घाइते भएका गिरीको उपचारका क्रममा शनिबार किष्ट अस्पतालमा मृत्यु भएको बताईएको छ ।

उक्त दुर्घटनामा सञ्जयसँगै मृत्यु हुनेको संख्या ४ पुगेको छ । सञ्जयकी श्रीमती रूपा,उनीहरूका छोरीहरू ८ वर्षीया अलिसा र ४ वर्षीया प्रियाको उपचारकै क्रममा मृत्यु भएको थियो । साथै, भतिज नाता पर्ने नित गिरी भने सामान्य घाइते भएको र उनको पनि किष्ट अस्पतालमा उपचार भइरहेको बताईएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मोबिल खन्याइरहँदा लाइटर बालेपछि आगलागीको घटना भएको थियो ।