Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मुलुकभर गर्मि बढ्दो सावधानी अपनाउन अनुरोध

०४ शुक्रबार , जेठ २०८१५ महिना अगाडि

मुलुकभर गर्मि बढ्दो सावधानी अपनाउन अनुरोध

केहि दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि हुँदै गएपछि गर्मि बढेको छ । मुलुकभर बढेको अत्यधिक गर्मि अझै बढेर तातो हावा चल्ने जोखिम रहेको बताउदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।  

विभागका अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुने बताईएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको जनाउदै सावधानी अपनाउन अनुरोध गरिएको छ ।

अझै केही दिन तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । तातो लहरको असरबाट बच्न गर्मीको समयमा घरभित्र बस्ने,हलुका र सुतीका कपडा लगाउन,घरबाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित र पटकपटक पानी तथा झोल पदार्थ पिउन पनि विभागले सुझाव दिएको छ ।

तातो हावा तथा लूबाट थकाई लाग्ने,कमजोरी हुने,बढी तिर्खा लाग्ने,टाउको दुख्ने, खुट्टा बाउँडिने,चक्कर आउने,बेहोस हुने,मांसपेशी दुख्ने,बान्ता हुने लगायतका समस्या आउँ सक्ने भएकाले सावधानी अपनाउन विभागले सबैलाई आग्रह गरेको छ ।