भारतले मधेसलाई मानसिक रुपमा टुक्रा पार्ने अभियानबाट भौगोलिक रुपमा बिखण्डन गर्ने अभियान थालिसकेको छ। मधेसी मोर्चाको निरन्तरको आन्दोलन सतहमा देखिन्छ, सीके राउतको फौजी अभियान भित्रभित्रै अगाडि बढिरहेको छ।
नेपाललाई नाकावन्दीको नत्थी लगाएर पशुवत व्यवहार गर्ने भारतले सीमालाई केही खुकुलो पार्ने, फेरि कस्ने अनि आन्दोलनलाई कमजोर पारेजस्तो गरेर फेरि भिडन्त गराउने उचालपछार गरिरहेको छ। काठमाडौंमा विज्ञ समूह गठन गरेर भारत भ्रमणको तैयारीमा जुटेका प्रधानमन्त्री केपी ओली भारत जाउँ कि नजाउँ दोधारमै छन् भने आइतवार बसेको उच्चस्तरीय संयन्त्रले समेत नेपाल–भारत सम्बन्धको जटिलताको गाँठो फुकाउने कुनै ठोस उपाय सुझाउन सकेन। मधेसलाई नेपालबाट अलग गराउने र नयाँ देश बनाउन भारतले सघाइरहेको छ र नेपाल सरकार, संसद, राजनीतिक संयन्त्रले मधेसलाई नेपाली भूभागका रुपमा, मधेसी जनतालाई र मधेस राजनीतिलाई अखण्ड नेपालका एक अंगका रुपमा कसरी संवोधन गर्ने भन्ने विषयको गाम्भीर्यता अझै बुझ्न सकेन, मधेसतिर हेर्दै हेरेका छैनन्। मधेस आन्दोलन नितान्त जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको जिम्मा छाडेको देखिन्छ। मधेस अव सशस्त्र युद्धतिर अग्रसर भइसकेको छ। मधेसी मोर्चाले भनिसके– हामी अधिकार लिन नयाँ महाभारतको युद्ध लड्न तैयार छौं। सरकारलाई यी सबै सूचना प्राप्त छ तैपनि सार्वभौम संसद, ओली सरकार, प्रचण्डको संयन्त्र, राजनीतिक दलहरु भारत रिसाउला कि भनेर पर्ख र हेरको स्थितिमा ५ महिना गुजारिसके। मधेस नेपालबाट चिप्लिने खतराको घण्टी बजिसक्दा पनि उपचारको उपाय केही भइरहेको छैन। किन? यो गम्भीर प्रश्न हो। यो प्रश्नमा किन सबैको ध्यान गएन? भारतले दूतावास, महावाणिज्य दूतावासमार्फत मधेसका २१ जिल्लामा खस बाहुन र पहाडीया विरोधी प्रचार तीब्र पारिसकेको छ। जयकृष्ण गोइत र सीके राउत सशस्त्र संघर्षको मोर्चा कस्न थालिसकेका छन्। तराई मधेस अभियानका जयप्रकाश गुप्ता र मधेसी मोर्चावीच महामोर्चा बनिसकेको छ। मधेसका अरु सशस्त्र समूहले पनि भित्रभित्रै एकतावार्ता भइरहेको स्थिति छ। सबैलाई जुटाउने र नेपालको मधेसलाई अलग पार्ने षडयन्त्रमा भारत लागिरहेको छ। नयाँ संविधान घोषणा गर्नु, संघीयता र धर्मनिरपेक्षता उल्लेख गर्नुको मूल्य भारतको हात बलियो पार्ने निश्चितजस्तै बन्न थालेको छ। भारतले नेपाललाई अघोषित नाकावन्दीको अस्त्रले परास्त पारेरै छाड्ने वातावरण बन्दै गएको छ।
स्वयं प्रधानमन्त्री भारत जाँदैजान्न भन्थे, नाकावन्दी खुलेको छैन, अव जान्छु भन्न थालेका छन्। प्रमका सल्लाहकार भारत होइन, चीन पहिले जाने हल्ला पिटिरहेका छन्। परराष्ट्रस्रोत भन्छ– हिजो भारतकै भात खाएका, भारतको गुण लिएका ओलीमा पहिले चीन जाने हिम्मत छैन।
मधेस बधशाला बन्छ
समय स्वदेश घोषणाको
मधेश हिटलरको बधशाला बन्छ, यो समय मधेस देश स्वदेश घोषणाको भनेर मधेसमा पर्चा छर्दै चर्चा सुरु गरेका छन् मधेसका आन्दोलनकारी, सशस्त्र समूहले। फ्रान्समा नेपोलियनले संग्रहालयबाट राजमुकुट झिकेर लगाएका थिए। विभेदको माला जप्ने, लोकतन्त्रको माला लगाउने हिटलरले लोकतन्त्रको सारा मूल्य मान्यता कुल्चेर खुंखार तानाशाह बन्नपुगे। लाखौं यहुदीलाई ग्यासचेम्बरमा मारेका थिए। नेपालका खस बाहुन मै राष्ट्र हुँ, मै लोकतन्त्र हुँ, म नै गणतन्त्र हुँ भन्ने गलत गरिरहेका छन्। ६५ वर्षदेखि अधिकारका लागि तड्पिरहेका मधेसलाई अरु तड्पाइने षडयन्त्र भइरहेको छ। अव मधेस चुप लागेर बस्न सक्दैन भन्ने प्रचार दिनदिनै व्यापक पारिदैछ। मधेस बधशाला बन्ला, तर मधेस देश घोषणा गर्ने समय आयो भनेर मधेस तात्तिदा पनि संसद, सरकार, दलहरु किन मधेसमा ध्यान दिइरहेका छैनन्? राजनीतिक दलहरुको यो कस्तो राष्ट्रवाद हो? यो आश्चर्य होइन?
मधेसको आरोप छ– केपी ओली नेपालको बटवारा चाहन्छन्। सत्य यही हो प्रधानमन्त्री ओलीजी?
भारत लड्न तैयार मधेशको मागका लागि भारतिय जन्ता लडन तैयार छन। बिहार पुगेका मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, जगीलाल यादवलाई बिहार प्रेस क्लवको सभाहलमा माघ १७ गते जनता दलका नेता तथा पूर्वमन्त्री रघुबंशप्रसाद सिंहले नेपाल सरकार मधेसको माग पूरा गर्दैन भने भारतीय जनता लड्न तैयार छन् भनेर आश्वस्त पारेका छन्। भारतीय नेताहरु अव खुलेर मधेसको समर्थनमा उत्रिन थाले।