Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जानकी मन्दिरमा जानकी नवमी मनाइँदै

०४ शुक्रबार , जेठ २०८१५ महिना अगाडि

जानकी मन्दिरमा जानकी नवमी मनाइँदै

आज जनकपुरको मिथिलाञ्चल स्थित जानकी मन्दिरमा जानकी नवमी मनाइँदै छ । उक्त अवसरमा बिहान साढे ७ बजे दूधमती शाही स्थान,मध्याह्न १२ बजे जानकीको प्राक्टय बधाइ मंगलगान र आरती, ४ बजे मन्दिरबाट डोला निस्कने,साँझ सन्ध्या आरती र त्यसपछि बधाइ मंगलगान हुनेछ ।

जानकी जन्ममहोत्सवको अवसरमा वैशाख २७ गतेदेखि मन्दिरको प्राङ्गणमा बधाइ गान, मंगलगान, सन्ध्या आरती, भजन तथा रामकथा आयोजना भईरहेको छ । जानकी मन्दिरका महन्थ रामरोशन दासले जानकी जन्म महामहोत्सवको अवसरमा मन्दिर परिसरमा बिबिध कार्यक्रम भईरहेको भएको बताएका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जानकी नवमीको अवसरमा शुभकामना व्यक्त गर्दै जानकी नवमीलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने बताएका छन् । त्यस्तै जानकी नवमीमा देशैभर सार्वजनिक विदा दिनुपर्ने जनकपुरधामका बासिन्दाको माग रहेको बताईएको छ ।