Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द

०४ शुक्रबार , जेठ २०८१५ महिना अगाडि

जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द

छिमेकी राष्ट्र भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै जनकपुर–जयनगर रेल सेवा बन्द हुने भएको छ । उक्त लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेल सेवा जेठ ५ गतेदेखि ७ गतेसम्म तीन दिन बन्द हुने भएको हो ।  

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जेठ ५ गते शनिबार देखि जेठ ७ गते सोमबारसम्म रेल सेवा पूर्णरूपमा बन्द रहने जानकारी दिएका छन् । उक्त निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सीमा जिल्ला समन्वय समितिले निर्णय गरेअनुसार ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्णरूपमा बन्द गरिन लागिएको प्रबन्ध सञ्चालक झाको भनाई रहेको छ ।  

भारतको बिहार राज्यको मधुबनी जिल्लाको संसदीय क्षेत्रमा यही जेठ ७ गते लोकसभा निर्वाचन हुँदै छ । जेठ ५ गते देखि ७ गतेसम्म भंगहा–जनकपुर–जयनगर खण्डमा सञ्चालित रेल्वे सेवा पूर्ण रूपमा बन्द रहने र जेठ ८ गतेदेखि उक्त खण्डमा साविक बमोजिम नै नियमित रूपमा रेल सेवा सञ्चालन हुने बताईएको छ ।