Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ट्राफिक प्रहरीले उठायो १४ करोड भन्दा बढी राजस्व

०४ शुक्रबार , जेठ २०८१५ महिना अगाडि

ट्राफिक प्रहरीले उठायो १४ करोड भन्दा बढी राजस्व

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा  १४ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा १४ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन गरेको हो ।

ट्राफिक प्रहरीले बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाउदा चालु आर्थिक वर्षको १० महिनामा १ लाख ८४ हजार ३ सय १६ सवारी चालकमाथि कारबाही गरेको थियो । उक्त  कारबाहीबाट रु १४ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

विशेष अभियान चलाएर पूर्वपचिम राजमार्गमा जडान गरिएको सिसीटिभी र ‘रडार गन’बाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आवको १० महिनामा १ लाख ८४ हजार ३ सय १६ सवारी साधनमाथि  नियम उल्लङ्घनको कारबाही गरेको थियो ।