Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुनको मूल्यको नयाँ रेकर्ड १ लाख ४० हजारमा कारोबार

०३ बिहिबार , जेठ २०८१५ महिना अगाडि

सुनको मूल्यको नयाँ रेकर्ड १ लाख ४० हजारमा कारोबार

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ । प्रतितोला १६ सय रुपैयाँ मूल्य बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

आज  छापावाला सुनको मूल्य १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि १ लाख ३९ हजार रुपैयाँसम्म सुनको मूल्य पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । उक्त रेकर्डलाई तोडेर आज नयाँ मूल्य कायम भएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार तेजाबी सुन १ लाख ३९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको बताईएको छ ।

आज प्रतितोला चाँदीको मूल्य १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको व्यवसायी महासंघले जनाएको छ ।