Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सन्दीप लामिछानेलाई टी-२० विश्वकप खेल्न बाटो खुल्ला

०३ बिहिबार , जेठ २०८१५ महिना अगाडि

सन्दीप लामिछानेलाई टी-२० विश्वकप खेल्न बाटो खुल्ला

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएसंगै आईसीसी टी-२० विश्वकप २०२४ खेल्न पाउने भएका छन् । बुधबार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि लामिछानेलाई क्यानले निलम्बन फुकुवा गरेसँगै टी-२० विश्वकप खेल्न पाउने बाटो खुलेको हो ।

क्यानले निलम्बन फुकुवा गर्दै स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको बताईएको छ । आईसीसीको नियमअनुसार विश्वकपमा २५ मे सम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । यदि सन्दीपलाई टी-२० विश्वकपमा पठाउने हो भने नेपालले अन्तिम १५ बाट एक खेलाडी बाहिर गर्नुपर्छ ।

हाल आईसीसी टी-२० विश्वकप २०२४ खेल्न नेपाली टोली वेष्टइण्डिजमा अभ्यासमा व्यस्त रहेको छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी बाहिर गर्नुपर्ने र कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने बताईएको छ ।