Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गृहमन्त्री लामिछानेद्धारा विमानस्थलको अनुगमन

०३ बिहिबार , जेठ २०८१५ महिना अगाडि

गृहमन्त्री लामिछानेद्धारा विमानस्थलको अनुगमन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विभिन्न क्षेत्रको अनुगमन गरेका छन् । गृहमन्त्री लामिछानेले विमानस्थल पुगेर प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउण्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेका हुन् ।

गृहमन्त्री लामिछानेको अनुगमनमा विमानस्थल सुरक्षाका अधिकारी, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखले आ-आफ्ना निकायका जिम्मेवारी, जनशक्ति, कार्य प्रणाली र समस्याबारे अवगत गराएको बताईएको छ ।

आगमन र प्रस्थान कक्षको सौन्दर्यकरणमा ध्यान दिन गृहमन्त्री लामिछाने निर्देशन दिएको र विमानस्थललाई उच्चतम् प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिँदै त्यसतर्फ ध्यान दिइने उनको भनाई रहेको बताईएको छ ।