Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पेट्रोल, डिजेलको मूल्य घट्यो

०३ बिहिबार , जेठ २०८१५ महिना अगाडि

पेट्रोल, डिजेलको मूल्य घट्यो

नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ । निगमले बुधवार राती १२ बजेपछि लागू हुने गरि मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । मूल्य घट्दा पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा १७०, तेस्रोमा १७१, रुपैयाँ भएको छ ।

त्यसैगरी डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५०, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो  । 

यसअघि पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १७५.५०, दोस्रोमा १७७, तेस्रोमा १७८ रुपैयाँ थियो । डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गमा १५६.५०, दोस्रोमा १५८ र तेस्रो वर्गमा १५९ रुपैयाँमा कारोबार गरिएको थियो ।