Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

निःशुल्क तालिम लिन ६८ हजार भन्दा बढीको आवेदन

०२ बुधबार , जेठ २०८१५ महिना अगाडि

निःशुल्क तालिम लिन ६८ हजार भन्दा बढीको आवेदन

काठमाडौं महानगरपालिकाले दिने निःशुल्क सिपमूलक तालिमका लागि हालसम्म ६८ हजार ८ सय ६६ जनाको आवेदन दिएका छन् । महानगरका अनुसार जसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएको हुन् ।

महानगरपालिकाले २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई रोजगार,स्वरोजगार र अन द जब ट्रेनिङ् उपलब्ध गराउने लक्ष्यसहित टुँडिखेलमा १० क्षेत्रका ३० वटा पेशासँग सम्बन्धित निःशुल्क तालिमका लागि ‘सिप मेला’ कार्यक्रमका लागि आवेदन आव्हान गरेको थियो । उक्त तालिमका कक्षाहरु वैशाख १९ गतेदेखि निरन्तर चलिरहेको छ ।

महानगरले ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत चालु आर्थिक बर्षमा १५ हजार व्यक्तिलाई निःशुल्क तालिम प्रदान गर्ने र यसरी तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आवद्ध गराउने लक्ष्य लिएको बताईएको छ ।

त्यसैगरी ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २ सय ६४ जनाले आवेदन दिएका छन् । यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हान गरिएको फाराममा ८ हजार ८ सय ८५ जनाले आवेदन दिएका मध्ये ६ हजार ६ सय ९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिएका थिए ।

महानगरले आयोजना गरेको सिप मेलाको अन्तिम २ दिन रोजगार मेला हुने र त्यस दिन रोजगारदाताहरू स्टलमा आउने पनि महानगरले जनाएको छ ।