Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मलामी बोकेको गाडी पल्टियो १४ जना घाइते

०२ बुधबार , जेठ २०८१५ महिना अगाडि

मलामी बोकेको गाडी पल्टियो १४ जना घाइते

दोलखाको मेलुङ गाउँपालिका-१ पवटीमा मलामी बोकेको गाडी पल्टिदा १४ जना घाइते भएका छन् । शैलुङ गाउँपालिका-८ ढाँडे कुनेबाट मलामी र दाउरा बोकेर तामाकोशी तर्फ जादै गरेको बागमती प्रदेश ०१-०२६ च ९८१३ नम्बरको बोलेरो सत्यश्वर–सिम्टे सडक खण्डको भटमासेमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी चालक हरिबहादुर कार्की सहित गाडीमा सवार सबै घाइते भएको र घाइते मध्ये ३ जना मात्रै होसमा रहेको घटनास्थलबाट प्रत्यक्षदर्शी बताएका छन् । घाइतेहरुको विवरण  नखुलेको भएपनि उनीहरु शैलुङ-८ ढाँडे र मेलुङ आसपासका भएको बताइएको छ ।

ओरालो सडकमा क्षमता भन्दा बढी मानिस सवार भएकोले गाडी दुर्घटना भएको हुन सक्ने अनुमान गरिए पनि घटनास्थलमा प्रहरी नपुगेको कारण एकिन गर्न सकिएको छैन । दुर्घटना पछी स्थानीयबासीले घाइतेको उद्धार गरी सदरमुकाम चरिकोट तर्फ पठाइसकिएको स्थानीय पुरुषोत्तम पाठकले जानकारी दिएका छन् ।