Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पाथीभरा क्षेत्रमा रुख काटेको विरोधमा यातायात बन्द

०२ बुधबार , जेठ २०८१५ महिना अगाडि

पाथीभरा क्षेत्रमा रुख काटेको विरोधमा यातायात बन्द

पाथीभरामा केबलकार निर्माणका लागि रुख काटेको विरोधमा मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द गरिएको छ । जबरजस्ति रुख काटेको भन्दै बुधबार र बिहिबार यातायात बन्द आवहान गरिएको हो ।

रुख काटेको विरोधमा मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति लगायतका संस्थाहरुले बन्द आह्वान गरेको बताईएको छ । बन्दका कारण पाँचथर र ताप्लेजुङको यातायात ठप्प छ भने मेची राजमार्ग र तमोर करिडोरमा चल्ने छोटा तथा लामो दुरीका सवारी सधान चलेका छैनन् ।

जबरजस्ति रुख काटेको भन्दै बन्द आह्वान कर्ताले सार्वजनिक रुपमा माफी माग्नुपर्ने र केवलकार बनाउने योजना खारेज गर्नुपर्ने लगायतका माग राखेर यातायात बन्द गरेको बताएको छ । यता पाथीभरामा केवलकार निर्माण कम्पनीले रुख काट्न थालेको र रुख कटान अन्तिम चरणमा पुगेको जनाएको छ ।