Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नागरिक सेवा सुविधा राष्ट्रिय परिचयपत्रमा

०२ बुधबार , जेठ २०८१५ महिना अगाडि

नागरिक सेवा सुविधा राष्ट्रिय परिचयपत्रमा

राज्यबाट प्रवाह हुने सबै प्रकारका नागरिक सेवा सुविधासँग सरकारले राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्ने भएको छ । नागरिक सेवासँग सम्बन्धित सबै सरकारी विद्युतीय प्रणालीलाई नागरिक एपमा आबद्ध गरी मोबाइलबाटै अधिकांश सेवा लिन सकिने व्यवस्था मिलाउन लागिएको हो ।

त्यसैगरी सरकारले शान्ति सुरक्षा, सेवा प्रवाह, विकास र सुशासनका जनअपेक्षा पूरा गर्न गृह प्रशासनलाई थप प्रभावकारी, सबल, सक्षम र व्यावसायिक बनाउने भएको छ । जसमा सरकारले सबै तहका प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाउने बताएको छ ।

नीति तथा कार्यक्रम अन्तर्गत सरकारले सरकारी सेवा प्रवाहमा टोकन र टाइम कार्ड प्रणाली लागू गर्ने बताएको छ । मंगलबार संयीघ संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकले सेवा प्राप्त गर्दा हुने झन्झट हटाई सेवाको लागत, समय र गुणस्तरमा सुधार गरिने उल्लेख गरेका हुन् ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने क्रममा उक्त जानकारी गराएका हुन् ।