Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फल्चा बस बिसौनी आजबाट सञ्चालनमा

०१ मंगलबार , जेठ २०८१५ महिना अगाडि

फल्चा बस बिसौनी आजबाट सञ्चालनमा

काठमाडौँको बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालन गरिएको छ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा २ वटा बस बिसौनी सञ्चालन गरिएको हो ।

मध्ये बानेश्वरबाट बबरमहल सडकखण्डमा बनेको २ वटा फल्चा बस बिसौनी काठमाडौं महानगरपालिका वडा नम्बर-१० का वडाध्यक्ष रामकुमार केसीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।  । नेवारी समुदायको संस्कृतिसँग जोडिएको फल्चा शैलीको बस बिसौनी ६२ लाख रुपैयाँमा निर्माण भएको महानगरपालिकाले जनाएको छ ।

परम्परागत निर्माण सामग्री प्रयोग गरेर परम्परागत शैलीमै नमुना बस बिसौनी निर्माण गरिएको र सोही शैलीका बस बिसौनी अन्य स्थानमा पनि विस्तार गरिँदै लगिने निर्माण समितिका संयोजक एवं वडा सदस्य सतिश तण्डुकारले बताएका छन् ।

महानगरपालिकाले नमुना फल्चा बस बिसौनी निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरेको र बस बिसौनी भित्र बस्नका लागि काठको मेच राखिएको छ भने बिसौनीभित्र उज्यालोका लागि बत्ती समेत जडान गरिएको छ ।