Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

झापामा ९ सय ५४ जनाको सम्बन्धविच्छेद

०१ मंगलबार , जेठ २०८१५ महिना अगाडि

झापामा ९ सय ५४ जनाको सम्बन्धविच्छेद

झापा जिल्लामा सम्बन्धविच्छेदका मुद्दाहरु बढ्दै गएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा सम्बन्धविच्छेदका ९ सय ५४ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको छ ।

झापा जिल्ला अदालतका अनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा सम्बन्धविच्छेदका मुद्दा बढेको हो । चालु आर्थिक वर्षमा हालसम्म दर्ता भएका ३ हजार ५ सय ५६ मध्ये २६ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेको झापा जिल्ला अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताएका छन् ।

जिल्ला अदालतका अनुसार लागुऔषध,अंश,जबर्जस्ती करणीलगायत मुद्दा पनि उतिकै बढिरहेको बताईएको छ । गत वर्षसहित पछिल्ला १० महिनामा २ हजार ७ सय ८५ वटा मुद्दाको फैसला भएको छ । त्यस्तै ३ हजार ५ सय ५७ मुद्दा विचाराधीन छन् ।

जिल्ला अदालतमा ८ जना न्यायाधीशको दरबन्दी रहेकोमा ६ जनामात्र न्यायाधीश सेवारत भएकाले दरबन्दीअनुसार न्यायाधीश नहुँदा मुद्दाको चाप बढेको बताईएको छ ।