Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मुगुका किसानलाई भेडा र भेडापालनका सामाग्री

०१ मंगलबार , जेठ २०८१५ महिना अगाडि

मुगुका किसानलाई भेडा र भेडापालनका सामाग्री

मुगुका किसानले पशुपालनलाई जीविकोपार्जनको आधार बनाउदै आएकोमा त्यहाँका किसानलाई भेडासहित भेडापालनका लागि आवश्यक पर्ने सामाग्रीहरू वितरण गरिएको छ । मुगुमकार्माराङ गाउँपालिका–९ का छायँयल,पापु र चिमाथ गाउँका ६१ परिवार किसानलाई जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले भेडा र भेडापालनका सामाग्री उपलब्ध गराएको हो ।

जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले किसानलाई भेडापालनमा प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले अनुदानमा सामाग्रीहरू वितरण गरेको जनाएको छ । कार्यालयले भेडापालन गर्दै आएका किसानले प्रतिव्यक्ति एक–एक वटाका दरले भेडा, रेन्कोट, भेडाको ऊन कोर्ने काँगियो, कैँची, सादा पाल, सोलर, भ्याड, टर्च, सिलिपिङ ब्याग वितरण गरेको हो ।

जिल्लामा व्यावसायिक भेडापालनको सम्भावना रहेकाले त्यसलाई बढावा दिनका लागि अनुदानको कार्यक्रम राखिएको बताईएको छ । स्थानीयले प्रतिपरिवार ५० वटासम्म भेडा पाल्दै आएको भएपनि उपकरणको अभावमा त्यसलाई व्यावसायिक बनाउन नसकिएको जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।