Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने निर्णय

०१ मंगलबार , जेठ २०८१५ महिना अगाडि

सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने निर्णय

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले शपथ लिए लगत्तै सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने निर्णय गरेका छन् । मन्त्री यादवले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिए लगतै उक्त निर्णय गरेका हुन् ।

जसपा नेपालका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीले सोमबार बिहान मात्र राजीनामा दिएपछि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्ती गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

मन्त्रिपरिषद् विस्तार अन्तर्गत जसपा नेपालका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका भएका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले सोमबार नै शपथ लिइसकेका छन् ।

शपथ लगत्तै नवनियुक्त स्वास्थ्य मन्त्री यादवले मन्त्रालयमा पदबहाली गर्दै ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय गरेका थिए । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जनशक्ति थप गर्ने बताएका छन् ।

त्यसैगरी मन्त्री यादवले भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, भेरी अस्पताल, क्षयरोग केन्द्र लगायतका संस्था तथा अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार जनशक्ति थप गर्ने निर्णय गरेका हुन् ।