Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आज सरकारको नीति तथा कार्यक्रम पेस हुँदै

०१ मंगलबार , जेठ २०८१२ बर्ष अगाडि

आज सरकारको नीति तथा कार्यक्रम पेस हुँदै

आज आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पेस हुने भएको छ । आजको संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ ।

आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले वाचन गर्ने परम्परा रहेको छ । आजको नीति तथा कार्यक्रमका लागि दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ ।

सांसदहरूलाई सूचना जारी गर्दै आजको बैठकमा संघीय संसद् सचिवालयले २:४५ बजे भित्र औपचारिक पोशाकमा संसद् हलमा प्रवेश गरिसक्न आग्रह गरेकेको छ ।