Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चार प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिन्ह

३१ सोमबार , बैशाख २०८१५ महिना अगाडि

चार प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिन्ह

प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षकद्वय उमेश राज जोशी र भिम प्रसाद ढकाल तथा प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. देउती गुरूङ र ई.नबिन्द अर्याल दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

हालै पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्ष र प्राविधिक प्रहरी नायव महानिरीक्षकहरुलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् । उनीहरुलाई मन्त्रिपरिषद्को वैशाख २७ गतेको निर्णयअनुसार बढुवा भएका थिए ।

वैशाख २७ गतेको निर्णयअनुसार जोशी र ढकाल प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा र वैशाख २३ गतेको गृह मन्त्रीस्तरको निर्णयअनुसार गुरुङ र अर्याल प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै जिम्मेवारी वोध गरी संगठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका खेल्नुपर्ने बताएका थिए ।