Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सहकारीको ८० लाख लुट्ने दुईजना पक्राउ

३१ सोमबार , बैशाख २०८१५ महिना अगाडि

सहकारीको ८० लाख लुट्ने दुईजना पक्राउ

सहकारीको ८० लाख लुटेको आरोपमा जनकपुरमा दुईजना पक्राउ परेका छन् । ८० लाख लुटेको आरोपमा धनुषाका जनक महतो र श्रवण कापरलाई प्रहरीले पक्राउ गरेको हो ।  

उनीहरु दुवै जनालाई जनकपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिएका छन् । उनले पक्राउ परेकाहरुको साथबाट लुटेकोमध्ये रु १४ लाख ५३ हजार बरामद गरेको बताएका छन् ।

वैशाख २४ गते धनुषाको सबैला-१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैया लुटिएको थियो । सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट रु ८० लाख रकम निकालेर लग्दैगरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीन जनाले उक्त रकम भएको झोला लुटेर फारार भएका थिए ।

सहकारीको लुटिएको रकमको घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।