Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्रीद्धारा नारायणी नदीमा पुलको आज शिलान्यास

३१ सोमबार , बैशाख २०८१५ महिना अगाडि

प्रधानमन्त्रीद्धारा नारायणी नदीमा पुलको आज शिलान्यास

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीमाथि बन्ने नयाँ पुलको शिलान्यास गरेका छन् । पुलको शिलान्यासका लागि हिँजो गृहनगर पुगेका प्रधानमन्त्री प्रचण्डले नारायणी नदीमाथि बन्ने नयाँ पुलको शिलान्यास गरेका हुन् ।

चितवनको नारायणगढ र नवलपुरको गैंडाकोट जोड्ने पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणी नदी माथि बन्ने केबलस्टेट पुलको शिलान्यास गरेका हुन् । ४ सय २० मिटर लामो १२ मिटर फराकिलो पुलमा ४ वटा पिल्लर रहने छ भने नयाँ पुल अहिले रहेको पुलभन्दा उत्तरतर्फ रहने बताईएको छ ।

नयाँ पुल पुरानो भन्दा थप उचाइको हुने र नयाँ पुलको तल्लो भागबाट सानातिना पानी जहाज आवतजावत गर्न मिल्ने गरी डिजाइन गरिएको छ । अहिलेको पुल निकै पुरानो र जीर्ण बनेकाले नयाँ आकर्षक पुल बनाउन लागिएको हो ।

नयाँ पुल तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको छ भने पुलको डिजाइन पनि सोही कम्पनीले तयार गरी पुल महाशाखाले स्वीकृत गरेको हो । 

पुलको लागत भ्याटसहित १ अर्ब ६८ करोड ७६ लाख २३ हजार ३ सय ५४ रहेको छ । पुलको २ ठाउँमा टावर राखिने र पुलमा सवारी हिँड्न ७.५ मिटर छुट्टाइने छ भने बाँकी भागमा फुटपाथ र साइकलसमेत चलाउन मिल्ने गरी डिजाइन गरिएको बताईएको छ ।