Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पाँच किलो सुनसहित दुई जना भारतीय पक्राउ

३१ सोमबार , बैशाख २०८१२ बर्ष अगाडि

पाँच किलो सुनसहित दुई जना भारतीय पक्राउ

हिँजो साँझा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईबाट नेपाल आएका भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशन पक्राउ परेका हुन् ।

उनीहरु फ्लाई दुबईबाट आइतबार साँझ पौने ७ बजे नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । विमानस्थल प्रहरी कार्यालयकाअनुसार उनीहरुले कपडामा सुनको लेप लगाएर आएको र चेक जाँच गर्ने क्रममा समातिएका हुन् ।

पक्राउ पछी उनीहरुलाई गौशाला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी भईरहेको बताईएको छ ।