Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

न्यूनतम पारिश्रमिक निर्धारण समितिमा ६ जनाको उम्मेदवारी

३० आइतबार , बैशाख २०८१२ बर्ष अगाडि

न्यूनतम पारिश्रमिक निर्धारण समितिमा ६ जनाको उम्मेदवारी

न्यूनतम पारिश्रमिक निर्धारण समितिमा अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिका लागि ६ जनाले उम्मेदवारी दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उम्मेदवारी दिनेहरुमा मेघराज खड्का (रुकुमपश्चिम), सङ्गीता खड्का (काठमाडौँ), डा मधुसुधन न्यौपाने (काठमाडौँ), सोमप्रसाद डोटेल (झापा) र फणिन्द्र फुँयाल (सिन्धुली) रहेका छन् । सञ्चार मन्त्रालयले यहि वैशाख १६ गते सूचना जारी गर्दै समितिको अध्यक्ष पदका लागि उम्मेदवारी आव्हान गरेको थियो ।

उनिहरूको दरखास्त स्वीकृत भएको सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले जानकारी दिएका छन् । श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारण गर्न र पारिश्रमिक रकम आवश्यकतानुसार पुनरावलोकन गरि नेपाल सरकारसमक्ष सिफारिस गर्न न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गरिएको बताईएको छ ।